ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

काठमाडौँ । प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

यसअघि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका ओलीलाई पार्टी केन्द्रीय कमिटी बैठकको अधिकार प्रयोग गरी साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।

बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा गंगालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई जिम्मेवारी दिने निर्णय गरेको छ । माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै सोमबार अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।


प्रकाशित | ११ माघ २०७७, आईतवार १९:५४