एनआरएनएलाई विश्वसनीय र विश्वव्यापी बनाउन आवश्यक छ : शेष घले

काठमाडौं । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संघमा अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुलाई विश्लेषण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संघको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै घलेले महाधिवेशनमा महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिनुभयो । गैर आवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा उहाँको जोड छ ।

प्रमुख संरक्षक घलेले ब्यक्त गर्नुभएको मन्तब्यको सांर :-

संघको पनुर्सरचनाको विषयमा अबको २ दिनमा निर्णय लिनुपर्छ, कृपया धेरै विचार विमर्श गरेर मात्र निर्णय लिर्नुहोला । गैर आवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउन सकिन्छ । विश्वमा एनआरएनएलाई साच्चीकै विश्वसनीय र विश्वव्यापी बनाउन आवश्यक छ ।

विदेशमा रहेका गैर आवासीय नेपालीहरु एकीकृत रुपमा बसोबास गरिरहेका छन् । (मिनी युनाइटेड नेशन ) मा म विश्वास गर्छु हामी प्राप्त गर्न सक्छौं , एकै रातमा सम्भव छैन । केही वर्ष लाग्न सक्छ । प्रक्रियाको लागि हामी अलगीनु हुँदैन । हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुलाई घटाउनु हुँदैन । म फेरि दोहोर्याउन चाहान्छु, हामीले अहिलेसम्म प्राप्त गरेका उपलब्धीहरुलाई विश्लेषण गरेर अघि बढ्नुपर्छ ।

केही सकारात्मक कदमहरुले हाम्रो संस्थालाई अझै माथि उठाउन र सबैलाई गर्व तथा फाइदाजनक गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । हाम्रो ठूलो सपना भनेको नेपालको सामाजिक तथा आर्थिक विकासमा साझेदारी गर्नु नै हो ।

सबै देशहरुमा साझा डायसपोरा अर्गनाइजेशन बनाउनका लागि र प्रत्येक देशमा रहेका नेपालीको चासोलाई जोगाउनका लागि हामीसंग दह्रो र टिक्ने एनसीसी हुनुपर्छ । एनसीसीलाई दह्रो र फराकिलो बनाउनका लागि हामीसंग दह्रो नेटवर्क हुनु पर्यो । एनसीसी दह्रो नभइकन आइसीसी दह्रो बनाउन सकिदैन । स्थानीय कानुनलाई हामीले पालना गर्नु पर्छ । एनसीसीलाई जोगाउनका लागि हामी सबै मिलेर अघि बढ्नु पर्छ ।


प्रकाशित | १० माघ २०७७, शनिबार २१:३०