अस्ट्रेलियाको मेलबोर्नमा ‘न्यु इएर धमाका’

मेलबोर्न: रोयल वेस्टर्न फुटबल क्लब मेलबोर्नको आयोजना तथा साहित्यकार, समाजसेवै सुशील चालिसेको सक्रियतामा अस्ट्रेलियाको मेलबर्नमा न्यु ईएर धमाका २०७६ भब्य रुपमा सम्पन्न भएको छ । साईप्रस कम्युनिटी हलमा सम्पन्न यस कार्यक्रम १९ तारिख बेलुकी ३ सय भन्दा बढि नेपालीहरुको उपस्थिति रहेको थियो ।

सुबोध गौतमको हास्य व्यंग पछि भाइरल गाएक मानस राजको भाईरल भईदियो लगायत अन्य गितहरु र चर्चित लोक गाएक बद्री पङ्गेनिको ससुरालीमाका साथै अन्य गितहरु संगै रमाउदै कार्यक्रममा उपस्थित दर्शकहरु नाँचेका, झुमेका थिए । साथमा मेलबोर्नमा स्थापित नेपअस डान्स ग्रुप र अन्य स्थानीय कलाकारहरुले आ आफ्नो गित र नृत्य प्रस्तुत गरेका थिए ।

नेपालबाट आएका कलाकारहरुलाई भिक्टोरिया राज्यका अबैतनिक राजदुत चन्द्र योञ्जनले आफ्नै कार्यकक्षमा स्वागत गर्नु हुदै नयाँ वर्ष २०७६ को उप लक्छ्यमा शुभकामना आदान प्रदान गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट बम योन्जन ज्युले शुभकामना मन्तव्य र क्लबका सेक्रेटरी दिपेन्द्र खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो । रमाइलोका लागि अघिल्लो दिन नै कलाकार भर्सेस रोयल वेस्टर्न मैत्रीपुर्ण फुटबल खेल केन्ली पार्कमा सम्पन्न भएको थियो। न्यु इएर धमाका २०७६ कार्यक्रमका संयोजक तथा रोयल वेस्टर्न फुटबल क्लबका सल्लाकार रोशन दाहालले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको बताउनु हुँदै क्लबको पहिलो कार्यक्रम रहेको बताउनुभयो ।

खेलकुदका साथै यस्ता कार्यक्रम क्लबको तर्फबाट आयोजना गर्न पाउदा क्लबको तर्फ बाट खुशी ब्यक्त गर्दै आफुहरु निक्कै उत्साहित भएको बताउनु भएको थियो । कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न आ(आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पन्सर, संचारकर्मी, स्वयं सेवक, दर्शकमहानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्नुहुदै नया बर्ष २०७६ को सुभकामना ब्यक्त गर्नु भएको थियो ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार ११:०८