सुनको मूल्य तोलामा ७०० ले घट्यो, कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारको तुलनामा तोलामा नै रु ७०० ले घटेको छ ।
रु. ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु. ९१ हजार ३०० मा कारोवार भएको छ । यस्तै चाँदी तोलामा रु. ३० ले घटेको छ । रु. एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु. एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।


प्रकाशित | ४ माघ २०७७, आईतवार १३:५१