एनआरएनएको विशेष महाधिवेशनमा २ हजार ६३८ जना प्रतिनिधिको नाम दर्ता, कुन देशबाट कती ?

काठमाडौं । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनको लागि २ हजार ६३८ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । गैर आवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनावरी २३, २४ तारिखमा हुँदैछ । यसका लागि संघले जनावरी १० सम्म प्रतिनिधि दर्ताको लागि समय सिमा तोकेको थियो । म्यादको अन्तिम दिन अर्थात जनवरी १० सम्म २ हजार ६३८ जनाले प्रतिनिधि हुनको लागि फर्म भरेको सघले जनाएको छ ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार प्राप्त फर्महरुका प्रतिनिधिहरुको विवरण सहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ।एनसीसीबाट प्राप्त प्रमाणीकरण गरिएका प्रतिनिधिहरुको दावी-बिरोध सहित भएको अन्तिम लिष्ट आगामी बैठकले पास गरेपछि सार्वजनिक गर्ने महासचिव शर्माले जानकारी गराउनुभयो ।

कुन देशबाट कती प्रतिनिधि ?

AUSTRALIA 190
AUSTRIA 62
BAHRAIN 53
BELGIUM 123
CANADA 100
CHINA 23
CYPRUS 23
CZECH REPUBLIC 30
DENMARK 75
FINLAND 6
FRANCE 32
GERMANY 68
HONG KONG 91
IRELAND 48
ISRAEL 5
ITALY 10
JAPAN 120
KENYA 1
KOREA (SOUTH) 128
KUWAIT 123
LUXEMBOURG 5
MACAU 97
MALAYSIA 33
MALTA 10
NETHERLANDS 53
NEW ZEALAND 142
NIGERIA 2
NORWAY 35
OMAN 18
POLAND 22
PORTUGAL 105
QATAR 116
RUSSIA 62
SAUDI ARABIA 106
SEYCHELLES 5
SOUTH AFRICA 2
SPAIN 66
SWEDEN 13
SWITZERLAND 15
TANZANIA 1
THAILAND 2
U.K. 167
U.S.A. 180
UAE 60
UGANDA 5
VIETNAM 3
ZAMBIA 2
Grand Total 2638


प्रकाशित | २७ पुष २०७७, सोमबार २१:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!