सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रम जारी, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि पहेंलो धातु सुनको मूल्य घटेको छ ।
छापावाला सुन आइतबार प्रतितोला २३ सय रूपैयाँले घटेकोमा आज पनि ८०० रूपैयाँले घटेको हो । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोवार भइरहेको छ ।


प्रकाशित | २७ पुष २०७७, सोमबार ११:५८