शुभकामना साकोस अध्यक्षमा राम कासुला

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. को २० औं वार्षिक साधारण सभाले सर्वसम्मत सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । पुस ८ गते देखि सुरु गरिएको साधारण सभाका कार्यक्रम २२ गते एक समारोहका साथ सम्पन्न गरेको हो ।
सभाले आगामी चार वर्षका लागि राम प्रसाद कासुलाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र कृष्ण प्रसाद नापितको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन समेत गरेको छ ।
संस्थाका उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा बलराम जु.श्रेष्ठलाई चयन गरेको छ भने संचालकहरुमा खुलातर्फ धर्मरत्न खाइतु, धर्मरत्न शाक्य, प्रविण बाटी, विष्णुभक्त कवाँ र नारायण बहादुर बासुकला तथा महिला आरक्षण तर्फबाट सहना देवी मुनंकर्मी, श्रृजना कोजू सुवाल, गायत्री मैया कोजू र मेनुका ताल्चाभडेल रहेका छन् ।
यस्तै, लेखा सुपरिवेक्षण समितिमा सदस्यमा क्रमशः कृष्ण्हरी कर्माचार्य र पुष्यश्वरी सुवाल रहेका छन् ।
संस्थाले साधारणसभा आयोजना कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी भौतिक र अभौतिक मिश्रित पद्धति मार्फत साधारण सभा सम्पन्न गरेको हो ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १३:४७