उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त हुनु भएको छ ।
लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आउनु भएका न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त गरेको हो । लामो समयसम्म उहाँले विभिन्न उद्योग व्यवसायमा सफलता प्राप्त गर्नु भएको छ ।
उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो । २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित सो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ११ जलजलेको बनक्षेत्रमा अवस्थित रहेको छ ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार १४:०३