काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु

काठमाडौँ । पश्चिमी वायुको प्रभावले सोमबार काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ ।
सोमबार विहानैदेखि उपत्यकामा घाम लागेको छैन र बाक्लो हुस्सु लागेको छ । घाम नलागेका कारण दिउँसोमा चिसो महसुस भएको छ ।
आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र यो आउँदो बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार ०८:०१