नेपालमा थप ४१९ जना कोरोना संक्रमित भेटिए

काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १ हजार ८७० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ५ हजार ७११ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १८ पुष २०७७, शनिबार १६:५१