देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौँ । भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।
पहिलो चरणमा १४ वटा भन्सार कार्यालयको अनुगमन सो प्रणालीमा ल्याइएको विभागले जनाएको छ । सेन्ट्रल मनिटरिङ सिस्टम सञ्चालनमा आएसँगै अब केन्द्रले सीसीटीभी क्यामेराको सहायताबाट भन्सार नाकाका गतिविधि सहजै हेर्न र आवश्यकताअनुसार निर्देशन दिन सक्ने विभागको दावी छ ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार ०९:००