‘माया बस्यो है’ गीत सार्वजनीक (भिडियो)

काठमाडौं:  ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । गायक हेमन्त राणाको स्वर, शब्द तथा सङ्गीतमा रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् । माया प्रेमको भाव बोकेको गीतको भिडियोमा हेमन्त राणा, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राणा, किरण चाम्लिङ राईको निर्देशनमा बनेको चलचित्रको भिडियोलाई रुबिन प्रधानले खिचेका हुन् । यसै गरी गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ ।


प्रकाशित | ८ असार २०७६, आईतवार १०:३०