सूदुरपश्चिमका बाढी पीडितलाई एनआरएनएको सहयोग

काठमाडौं – बिगत केही दिन अघिको बेमौसमी अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कञ्चनपुर जिल्ला महाकाली नदिमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैर आवासीय नेपाली सघबाट राहत सामग्री हस्तान्तरण गरिएको छ।

 उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अबलोकन र राहत कार्यमा सरिक भई राहतका सामाग्रीहरु हस्तारण गर्नु भयो । उहाँले जहिले पनि मातृभूमीमा आपत विपत परेको बेला विश्वभरीका गैरआवासीय नेपालीहरुले भौतिक तथा आर्थिक रुमा सहयोग गर्दै आएको बताउनु भयो ।

यस माननवीय कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने विश्वभरका गैर आवासीय नेपालीहरु लगायत सम्पुर्ण माहानुभाबहरुमा गैर आवासीय नेपाली संघको तर्फबाट कृतज्ञता प्रकट गर्नु भयो ।

राहत हस्तान्तरण कार्यक्रमका संयोजक तथा मध्यपूर्वक क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), माननर्थ परिषदका सदस्य तथा राहत कार्यक्रमका उपसंयोजक धर्मराज गिरि, राष्ट्रिय समन्वय परिषद क्यानाडा प्रतिनिधि तुला भट्टचन, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बाट नवीन राज जोशी, स्वयंसेवक प्रदिप खनाल, स्वयंसेवक सन्जु श्रेष्ठ लगायत विभन्न महानुभावहरुले यस कार्यक्रममा सकृय सहभागीता जनाउनु भएको थियो ।

यस राहत कार्यमा पूर्व श्रम मन्त्री रमेश लेखक, स्थानीय निकायका जन प्रतीनिधिहरु, कंचनपुर जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदी, कंचनपुर जिल्ला प्रशासन कार्यलय साहयक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी, दोधरा चाँदनी नगरपालिकाका प्रमुख बिर बहदुर सुनार, भिमदत्त नगर पालिका प्रमुख सुरेन्द्र बिष्ट, उधोग बाणिज्य संघ कंचनपुरका पुर्ब उपाध्यक्ष माधब राज जोशी, संचारकर्मीहरु, सुरक्षा कर्मीहरु तथा स्थानीय बासीन्दाहरुले सहजीकरण तथा सहयोगीको भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रत्येक एक घर परिवारको लागी निम्न प्रकारका राहात सामाग्रीहरु प्रदान गरिएको छ:

(१) ५० किलो चामल (२) ३ लिटर खाने तेल (३) ५ किलो दाल (४) ५ किलो आलु

(५) ३ किलो नुन (६) ५ किलो प्याज (७) आधा किलो मसला (८) १ थान त्रिपाल

(९) २ थान म्याट (१०) २ थान ब्लङकेट (११) १ थान बाल्टी (१२) १ थान जग

(१३) दैनिक प्रयोग हुने लत्ताकपडा: (टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान, छाता १ थान रहेको छ ।


प्रकाशित | १० कार्तिक २०७८, बुधबार १२:१४