सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई मन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।
सोमबार ललितपुरमा आयोजित नेपाल पत्रकार महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको १०५औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो । सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुुर्याएको योगदानको मन्त्री गुरुङले स्मरण गर्दै प्रशंसा समेत गर्नु भएको थियो ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुुर्याएको योगदान उल्लेखनीय रहेको बताउनु भयो ।
आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न आम पत्रकारहरुलाई उहाँले आग्रह समेत गर्नु भएको छ ।


प्रकाशित | १४ पुष २०७७, मंगलवार १४:४०