संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।


प्रकाशित | १३ पुष २०७७, सोमबार ०९:१३