स्वाभिमान र इमानलाई बन्धक राखेर पैसा आर्जन गर्ने उद्देश्य छैनः मन्त्री ढकाल

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनु भएको छ ।
आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताउनु भएको हो ।

आफुले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताउनुभयो ।
राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो ।
पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदनामीहरुले राम्रो नगरेको पनि मन्त्री ढकालले बताउनुभयो । तारागाउँ समितिको पनि आफ्नै महत्व भएको तर त्यस भित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफुले अध्ययन थाल्ने पनि मन्त्री ढकालले बताउनुभयो । मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफुले सँधै ध्यान दिने स्पष्ट पार्नु भयो ।


प्रकाशित | १२ पुष २०७७, आईतवार १५:५५