एजेन्सी – म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युनाईटेडले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
युनाईटेडको जितमा ईन्जुरी समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन् ।
युनाईटेडले सेमिफाईनलमा प्रिमियर लिगकाे प्रतिद्धन्दी क्लब उल्भ्ससंग खेल्न सक्नेछ । अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको युनाईटेडले पहिलो हाफमा निकै कमजोर देखिएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गरेपनि कोपनहेगनका गोलकिपर कार्ल जोहान जोनसनले उत्कृष्ट प्रर्दशन गर्दै युनाईटेडलाई निराश पारे । उनले फर्नान्डेस सहित मासन ग्रिनउड, मार्कुस रासफोर्डको प्रहारलाई बचाएका थिए ।
युनाईटेडले चार सिजन अघि यस प्रतियोगिता जितेको थियो । म्यान्चेष्टर युनाईटेडले अब फाईनल प्रवेशका लागि उल्भ्स र सेभिल्लाबीचको विजेतासंग सोमबार खेल्नेछ ।
प्रकाशित | २७ श्रावण २०७७, मंगलवार ०८:३१