कोलम्बो विस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या १ सय ३८ पुग्यो

श्रीलंका : श्रीलंकाको राजधानी कोलम्बोमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर ४ सय बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ। कोलम्बो नेसनल अस्पतालका निर्देशकका अनुसार ‘आइतवार बिहानै भएको आक्रमणमा हालसम्म १ सय ३८ को मृत्यु भइसकेको छ। घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानीइ समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १४:०९