नेकपामा दुई अध्यक्षबीच अझै जुटेन सहमती

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) दुई अध्यक्षबीच दैनीक वार्ता भइरहे पनि अझै सहमती जुट्न सकेको छैन । दैनीक वार्ता हुँदा पनि सहमति जुट्न नसक्दा नेकपाको तय भएको स्थायी कमिटि बैठक पनि सरेको सर्यौ छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि अपरान्ह ४ बजे बार्ता हुँदैछ । आज बुधबार बस्ने स्थायी कमिटी बैठक स्थगित भएपछि पार्टीको विवाद सल्टाउन आज पनि दुई अध्यक्षबीच अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

उता नेताहरुले भने दैनिकजसो भइरहेको वार्ताले सहमतिको वातावरण बन्दै गएको विश्वास ब्यक्त गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी कमिटी बैठकमा उठेपछि दुई अध्यक्षबीचको मनमुटाव सतहमा आएको थियो । तर प्रधानमन्त्री ओलीले अहिले दुवै पदबाट आफू राजीनामा नदिने अडान राखेपछि पार्टी विभाजन हुने सम्मको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच सहमती जुटाउन प्रयासरत रहेका हुन ।


प्रकाशित | २४ असार २०७७, बुधबार १४:४३