प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ८

फ्याँक्नुपर्छ तेल तारी रहेको त्यो कातिलाई ।
फाँसी दिउ जनता मिली सबै राष्ट्रघातीलाई ।

जसको शक्ति उसको भक्ति देशै चिराचिरा पार्दा,
कति दुख्या होला नेपाल आमाको यो छातीलाई ।

धोका हुँदो रैछ यहाँ, लोभ स्वार्थ ईष्र्या राखी,
जिताउँदा आफ्ना मान्छे, आफ्नै छोरा नातीलाई ।

यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने,
हातमा नरिवल भेट्टाएका बाँदरको ताँतीलाई ।

धेरै लालच घमण्ड र निरङ्कुशले भरिएको,
शाशक अब पुज्नु हुन्न फुल माला र पातीलाई ।
प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा. वडा नं.८ सुनखानी, दोलखा
बागमती प्रदेश ।


प्रकाशित | ११ पुष २०७७, शनिबार १३:२२