गण्डकी प्रदेशमा शनिबार थपिए १७ जना कोरोना संक्रमित

पोखरा: गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दै शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका १ जनामा कोरोना संक्रमण भएको जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपरासीको स्वाब भरतपुर अस्पताल चितवनमा परीक्षण गरिदै आएको र अन्य जिल्लाको पोखरामै परीक्षण गरिदै आएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुष रहेका छन् ।

त्यस्तै,कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष, नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् ।


प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार ०८:२०