पार्टी एकताको काम सकियो, भोलि घोषणा हुन्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम सकिएकाले भोली घोषणा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको प्रचण्डले बताउनुभयो ।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको बाँकि काम आजै बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको जानकारी गराउनुभयो । ‘पार्टी एकताको बाँकी काम प्रधानमन्त्री ओलीसँगको छलफलबाट टुंगो लगाइएको छ र त्यसलाई भोलि घोषणा गर्नेगरि निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको छ’ प्रचण्डले भन्नुभयो ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १२:५५