पूर्व प्रधानमन्त्री देउवासँग पर्यटन मन्त्री भट्टराईको भेटवार्ता,  भ्रमण वर्ष २०२० को विषयमा बृहत्त छलफल

काठमाडौं : पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भेटवार्ता गर्नुभएको छ । आज बिहान उहाँको निवास बुढानीलकण्ठ पुगेर मन्त्री भट्टराईले भेटवार्ता गरि नेपाल भ्रमण वर्ष कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा बृहत्त छलफल गर्नुभएको हो ।

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँका अनुसार मन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० को बारेमा जानकारी र छलफल गर्नुभएको थियो ।


प्रकाशित | १४ भाद्र २०७६, शनिबार १२:००