कोरोनाका कारण एकैदिन ८ हजार ८ सय बढीको मृत्यु

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।
एकैदिन ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो ।
यस्तै मंगलबार विहानसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८५ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको हो ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार ०९:०७