इटहरीका मेयरको खुल्ला चुनौती: पित पत्रकारिता गर्नेलाई अब कालोमोसो दल्छु (भिडियोसहित )

काठमाडौं :  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले अब पत्रकारलाई कालोमोसो दल्ने चेतावनी दिनुभएको छ । उपमहानगरपाकिलाका कर्मचारी कुटेर पत्रकारलाई समेत लोपारिसकेका चौधरीले अब पत्रकारलाई कालोमोसो दल्ने चेतावनी दिनुभएको हो । न्यूज ट्वान्टी फोको सिधा कुरा जनतासँगको कार्यक्रमममा रवि लामिछानेसँग मंगलबारको इपीसोडमा कुराकानी गर्दै मेयर चौधरीले झुठ र पित पत्रकारिता गर्नेलाई नछाड्ने भन्दै खुल्ला चुनौती दिनुभएको छ ।

रवि लामिछानेसँगको कुराकानी बोल्दै भन्नुभयो, अब लात चलाउँछु । अब कालोमोसो दल्छु । उहाँल जस्तालाई त्यस्तै ढिलालाई निस्तै भनेझै पित पत्रकारिता गर्नेलाई नछाड्ने चेतावनी समेत बताउनुभयो । कानुन, अदालत, संविधान सबै वुर्जुवाले देखाउने कुरा भएको बताउँदै कमजोरहरुले प्रहरीको साथ लिने गरेको दावी गर्नुभयो । उहाँले कुराकानीमा थप्दै भन्नुभयो, ‘सन्तुलनको अवस्था हेर्दा हामीले चाहेर पनि जनताको संविधान बनाउन सकिएन, यो संविधानको साझा दस्तावेज हो । अब वुर्जुवाको विरोधमा क्रान्ति आवश्यक छ ।’  हेर्नुहोस मेयर चौधरीको भिडियो जस्ताको तस्तै;

https://www.facebook.com/sidhakuraonlineofficial/videos/612945819225733/


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार ०७:३२