बालुवाटारमा नेकपा स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बिना नै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको नेताहरुले बताएका छन् । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु मात्रै सहभागी छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले आज विहान बसेको मन्त्रिपरिषद बैठकमार्फत संसद विघटनको प्रस्ताव गर्नु भएको थियो । ४५ सदस्यी नेकपा स्थायी समितिमा ओली पक्षका १३ नेता मात्रै छन् ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १७:३३