२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव, राष्ट्रपतिद्धारा अनुमोदन गर्न बाँकि

काठमाडौं । मन्त्रीपरिषद् बैठक बोलाएर संसद विघटन गर्न सिफारिस गर्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव राख्नुभएको छ ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको ओलीले २३ वैशाखमा चुनाव गर्ने गरि प्रस्ताव राख्नुभएको जनाइएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकि रहेको बुझिएको छ ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १२:४४