प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ७

गर्नु किन घमण्ड पाप्, लोभ रुखो बोली सानु ।
मर्दा सँगै लिइ जाने, के नै छ र भोली सानु ।

दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त,
चाल्नुपर्छ पाइलाहरु, सधै जोखिम मोलि सानु ।

भाग्यलाई कुकर्मले, जब फेदै ढालिदिन्छ,
भिख माग्दै हिड्नुपर्छ, भिरी थोक्रो झोली सानु ।

मृत शरीर नंग्याएर, कात्रो भित्र पोको पारी
शंख फुक्दै घाट लान्छन, चढाएर डोलि सानु ।

सहेकै थेँ तिरस्कार, सहेकै हो कटु वचन
ठाउँको ठाउँ ढल्ने गरि,लागेको छ गोलि सानु ।


प्रकाशित | ४ पुष २०७७, शनिबार १९:०९