ढुक्क हुनुहोस्,नेकपा कुनै पनि हालतमा फुट्दैन, फुट्न पनि दिदैनौ : मन्त्री श्रेष्ठ

काठमाडौँ : शहरी विकासमन्त्री मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा कुनै पनि हालतमा नफ्ट्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले काठमाडौंको चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भन्नुभयो, ‘तपाईहरु ढुक्क हुनुहोस्, कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ ।’ कार्यक्रममा मन्त्री श्रेष्ठलाई कार्यकर्ताहरुले पार्टी फुटाए गम्भीर अवस्था आउने चेतावनी दिनुभयो ।

पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै उहाँले अब नेताहरु मिल्नुको विकल्प नभएको समेत बनाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूरै अवधि टिक्ने दावी पनि गर्नुभयो ।

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको समय विकास निर्माणको समय भएको बताउँदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।


प्रकाशित | २ पुष २०७७, बिहीबार २०:२३