प्रदेश नं ३ सरकार द्वारा राहतको घोषणा

हेटौडा : प्रदेश नं ३ सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश ३ मा आएको बाढीका कारण ज्यान गुमाएकाको परिवारलाई प्रति व्यक्ति रु एक लाख राहत दिने घोषणा गरेको हो । साथै प्रदेश सरकारको मातहतमा रहेका अस्पतालहरुमा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिएको छ ।

सरकारको मातहतमा नरहेका तथा अन्य अस्पतालमा उपचार गराएवापत घाइतेलाई उपचार खर्च प्रति व्यक्ति रु २५ हजार दिने घोषणा गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । बैठकले बाढी र पहिरोका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।


प्रकाशित | २९ असार २०७६, आईतवार ०८:३१