ढिकादेवी ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा सम्पन्न

दोलखा – ढिकादेवी ग्रामिण वचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । २०६६ मा जिल्ला सहकारी डिभिजन कार्यालयमा दर्ता भै संचालनमा आएको उक्त संस्थाले आफ्ना सदस्यहरुको उन्नति प्रगतिमा हातेमालो गर्दै सहयोगी भूमिका निर्वाह गर्दै आईरहेको छ ।

कोरोना महामारीका कारण समाजिक दूरी कायम गरि संचालित सभा संस्थाका संचालक समिति अध्यक्ष पुष्कर वहादुर खुलालको सभापतित्वमा संचालन भएको थियो। कालिञ्चोक गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष चेत वहादुर खड्काको प्रमुख आतिथ्यमा संचालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति सदस्यहरुका साथै संस्थाका कर्मचारी र सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो सभामा संस्थाको आ.व.०७६÷७७ को प्रगति प्रतिवेदन संस्थाका सचिव सुरज बुढाथोकी ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष शिवकुमार खत्री ,लेखा प्रतिवेदन लेखा संयोजक दिनेश प्रसाद शिबाकोटी र विविध कार्यक्रम बारेको प्रतिवेदन जमुना खुलालले बाचन गर्नु भएको थियो ।

सो सभालाई प्रमुख अतिथि खड्काले सम्बोधन गर्दै सफलताको शुभकामना दिनु भएको थियो । संस्थाको उपाध्यक्ष गोपाल पाण्डेयले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव सुरज बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष पुष्कर वहादुर खुलालले कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।


प्रकाशित | २० मंसिर २०७७, शनिबार २०:३३