नेपालमा १ हजार ७९० कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ।

आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।


प्रकाशित | ९ मंसिर २०७७, मंगलवार १६:२९