नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो, सोमबार ३०४३ जना डिस्चार्ज

काठमाडौं– नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै २ लाख २ हजार ६७ जना संक्रमित संक्रमणमुक्त भएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार सोमबार १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको पिसिआर परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।

मन्त्रालयका अनुसार ६२९ जना क्वारेन्टाइनमा छन्। नेपालमा १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।


प्रकाशित | ८ मंसिर २०७७, सोमबार १९:३९