एकपटक कोरोना सङ्क्रमण भएकालाई ६ महिनासम्म दोस्रो सङ्क्रमण नहुने : अध्ययन

काठमाण्डौ । एकपटक कोरोना भाइरस संक्रमण भएकाहरुलाई कम्तिमा ६ महिनासम्म दोस्रो संक्रमण नहुने एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित नहुने देखाएको हो ।

यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित | ७ मंसिर २०७७, आईतवार ०७:५२