हङकङ फ्लाइटमा कोरोना संक्रमित भेटिएपछि एनआरएनले गरायो सरकारको ध्यानर्कषण, कोरोना जाँचको विश्वसनीयता माथि प्रश्न

हङकङ – नेपाल वायुसेवा निगमको बिगत दुई वटा फ्लाइटमा कोरोना संक्रमितहरुको संख्या अधिक भेटिएपछि कोरोना जाँचको विश्वसनीयता माथि प्रश्न उठाउँदै नेपाल सरकारको ध्यानआकर्षण गराइएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले नेपाली महाबाणिज्यदुताबासको कार्यालयका कार्यवाहक महाबाणिज्यदूत किरण गुरुङसमक्ष नेपाल सरकारको ध्यानर्कषण गराएको हो ।

संघकी अध्यक्ष राधिका गुरुङ (टिका ) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यवाहक महावाणिज्यदूत गुरुङलाई कोरोना जाँचको विश्वसनीयता माथि नेपाल सरकारको ध्यानर्कषण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनीएको छ, ‘नेपाल वायुसेवा निगमको बिगत दुई वटा फ्लाइटमा कोरोना संक्रमितहरुको संख्या अधिक भेटिएको र यो संख्याको हिसाबले अत्यधिक नै हो । फलस्वरूप २ पटक फ्लाइट सस्पेन्स समेत भईसकेको छ । यहि हिसाबले आगामी दिनहरुमा १५ दिन सस्पेन्सको सट्टा महिनौ हुन सक्ने वा अझै अनिश्चित कालको निम्ति सस्पेन्स समेत हुन सक्ला भनेर सजिलै अड्कल गर्न सकिन्छ ।’

ज्ञापनपत्रमा चेकजाँचमा कतै लापारवाही भयो वा सम्बन्धित निकायको एथेष्ट ध्यान नपुगेको हो त्यस विषयलाई गम्भिरताका साथ उठान गर्न गराउन अनुरोध गरिएको छ ।

संघले कोरोना रिपोर्ट जाँच गर्न नेपाल सरकारले जिम्मेवारी दिएको हस्पिटल वा ल्याबमा नै कतै कमि कमजोरी भएको हो की भन्ने आशंका गर्दै सम्बन्धित ठाउँबाट कुनै कमि कमजोरी भए नभएको जाँचबुझ तथा निगरानी गर्न पनि भनिएको छ ।

सरकारले यसबारेमा ध्यान नदिए नेपाल एअरलाइन्सको उडान अनिश्चित कालको निम्ति सस्पेन्स हुन सक्नेतर्फ सजग गराइएको छ । यो देशको प्रतिष्ठाका साथै हङकङमा बस्ने नेपालीहरुसँगसमेत प्रत्यक्ष रुपमा जोडिएको बिषय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको कोभिड १९ उच्चस्तरिय समिति, नेपाल सस्कृति तथा उड्यन मन्त्रालय, नेपाल बायुसेवा निगम, काठमाडौँ र नेपाल वायुसेवा निगमको कार्यालय हङकङलाई समेत ज्ञापनपत्र बोधार्थ गरिएको छ ।


प्रकाशित | २८ कार्तिक २०७७, शुक्रबार १७:५२