सूर्यविनायकमा अब सबैको कोरोना परीक्षण नि:शुल्क : मेयर बासुदेव थापा

भक्तपुर -सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरमा अब सबैको कोरोना परिक्षण निशुल्क गर्ने बताउनुभएको छ । नगर प्रमुख थापाले नगरबासी सबैको कोरोना भाईरसको कन्ट्रयाक ट्रेसिङ तथा पीसीआर परीक्षण नि:शुल्क गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।

नगरप्रमुख थापाको अध्यक्षतामा राष्ट्रिय जनस्वास्थ प्रयोगशालाको निर्देशक डा. लुना झाको उपस्थितिमा कोराना भाईरसको संक्रमणको नगरपालिकामा हालसम्मको अवस्था र रोकथाम तथा नियन्त्रण लागि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा गम्भीर छलफल गर्दै अब सबै नगरबासीको परिक्षण निशुल्क गर्ने निर्णय गरिएको हो ।

मेयर थापाले शंकास्पद संक्रमितहरुको स्वाव परिक्षण कार्य सम्वन्धीत ब्यक्तिको स्व. घोषणा अनुसार नगरपालिकाले पुन अगाडि बढाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

यसअघि नगरपालिकाले घुम्ती शिविर नै सञ्चालन गरि स्याव संकलन गर्दै आएको थियो । साथै सबै वडामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि संयन्त्रहरु सक्रिय बनाइएको छ ।


प्रकाशित | २६ कार्तिक २०७७, बुधबार १९:५९