उपत्यकामा १ हजार ४२८ सहित २ हजार ५७१ कोरोना संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ। पछिल्लो २४ घन्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित पुगेका छन्। आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ।


प्रकाशित | २४ कार्तिक २०७७, सोमबार १७:५५