माधव पक्षलाई आममाफी दिने ओलीको घोषणा, मिलेर काम गर्न आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई आममाफी दिने  घोषणा गर्नु भएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल पक्षलाई आममाफी दिने घोषणा गर्नु भएको हो ।

ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह समेत गर्नु भयो । ओलीले भन्नु भयो, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

ओलीले अब विवाद छाडेर पार्टी एकता गर्न लागिपर्नुपर्ने पनि बताउनु भयो । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उहाँले भन्नु भयो, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’


प्रकाशित | ७ श्रावण २०७८, बिहीबार १८:०४