अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाको राजीनामा

काठमाडौंः अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले राजीनामा दिनुभएको छ । अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि ८२ वर्षे राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिनुभएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ ।

राष्ट्रपतिको घोषणालगत्तै राजधानी अल्जियर्सका मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएर मानिसहरु भेला भएर खुशीयाली मनाएका थिए । टेलिभिजन फुटेजमा राष्ट्रपति बोतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाएको देखाइएको थियो ।

अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति बोतेफ्लिकाले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका थिए ।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार ०९:१२