बहराइनमा कोरोना संक्रमणको कारण कोही नेपालीको निधन भएको छैन: नेपाली राजदूतावास

बहराइन: मनामा स्थित नेपाली राजदूतावास बहराइनले बहाराइनमा कोही नेपालीको पनि कोरोना संक्रमणको कारण निधन नभएको स्पष्ट पारेको छ । संघसंस्थाको हवला दिदैं सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको र कोही नेपालीको पनि निधन नभएको राजदूतावासले प्रष्ट पारेको हो ।

राजदूतावासले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोरोना संक्रमणबाट कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यस अघि समेत बिज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरुको खण्डन गर्दछ ।’

त्यस्तै, राजदूतावासले संघसंस्थाहरुलाई अपुष्ट र जनसमुदायलाई भ्रम छर्ने सूचना प्रसार नगरिदिन पनि सबैमा आग्रह गरेको छ ।


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार १९:३२