एनआरएनए यूकेले पायो इतिहासमै पहिलो पटक महिला नेतृत्व, अध्यक्षमा पुनम गुरुङ विजयी

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ । संघको आगामी २०१९- ०२१ कार्यकालको लागि अध्यक्षमा पुनम गुरुङ विजयी हुनुभएपछि पहिलो महिला नेतृत्व पाएको हो । सन २००३ मा स्थापना भएको एनआरएन यूके एनआरएनएको जन्मस्थल समेत हो । यूकेले १६ वर्षको इतिहासमा अहिलेसम्म महिला नेतृत्व पाएको थिएन ।

पुनम गुरुङले एनआरएनए यूकेका अर्का प्रतिस्पर्धी शेर बहादुर सुनारलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । निकै कडा प्रतिस्पर्धाका बीच पुनमले यूकेको इतिहासमा नयाँ रेकर्ड राख्नुभएको हो । प्राप्त नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गर्नुभयो भने सुनारले ४३४८ मत प्राप्त गर्नुभयो ।

आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित हुनुभएको छ । यद्यपी निर्वाचन समितिले भने यसको औपचारिक घोषणा गरेको छैन । भोली केन्द्रीय प्रतिनिधिको सहभागितामा आधिकारिक घोषणासहित मत परिणाम सार्वजनीक गर्ने कार्यक्रम तय भएको  छ ।

त्यस्तै, उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी हुनुभयो । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी हुनुभयो । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्की विजयी हुनुभयो ।

महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मतका साथ विजयी हुनुभयो । सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ ३९३६ मतसहित विजयी हुनुभयो । युवा संयोजकमा नविन गुरुङ ४३६८ र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित विजयी हुनुभयो ।

सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९ , कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४३, कृष्णप्रसाद खरेल २८२९, डा सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९ , चन्द्रकला लिम्बू ३२१० , तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी बन्नुभयो ।

इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ ३१२० प्राप्त गर्दै विजयी हुनुभयो । उपाध्यक्षमा लालबहादुर गुरुङ ३६३७ मतसहित विजयी हुनुभयो । सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याउँदै विजयी हुनुभयो । कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा २७०७, सहकोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गर्दै विजयी हुनुभयो । सदस्यमा वन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी हुनुभएको छ ।


प्रकाशित | ४ आश्विन २०७६, शनिबार १८:११