संघीयता द्वन्द्व व्यवस्थापनका लागि मानीदिएको हो, देशलाई खाँचो थिएनः गोकुल बास्कोटा

काठमाडौँ– पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले देशमा संघीयता आवश्यक नभएको धारणा ब्यक्त गर्नुभएको छ । बास्कोटाले संघीयता आवश्यक नभएपनि द्वन्द्व व्यवस्थापनका लागि मानिदिनु परेको खुलासा गर्नुभएको छ ।

No description available.

बास्कोटाले शुक्रबार साँझ ट्वीट गर्दै भन्नुभएको छ, ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमा चै के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन्।कमरेडका दुःख पनि कहिल्यै नसकिने के ?’


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १९:५०