धनुषामा घरेलु मदिरा सेवन गर्दा ५ जनाको मृत्यु

जनकपुर : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ मा घरेलु मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेका छन् ।

मदिरा सेवनबाट बुधबार तीन, बिहीबार थप दुई जनाको मृत्यु भएको हो । सुरुमा कालगतिले मृत्यु भएको भनिएको भएपनि अनुसन्धान गर्दा अत्यधिक रक्सी सेवा गर्दा उनीहरुको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ । घरेलु मदिरा सेवनबाट एक जना गम्भीर विरामी परेका छन् ।


प्रकाशित | ३० फाल्गुन २०७६, शुक्रबार ११:३९