अभिनेत्री ऋचा शर्मा कोरोनामुक्त

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा कोरोनामुक्त भएकी छन् । अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत आफुलाई तीन साता अगाडि कोरोना संक्रमण भएको र तीन साता सेल्फ क्वारेन्टिनमा बसेपछि कोरोनालाई जितेको जानकारी गराएकी छन् ।

उनले भनेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ कि पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ ।’

पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु । कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु’, उनले थप्दै भनेकी छिन् ।


प्रकाशित | २० कार्तिक २०७७, बिहीबार १४:५६