काठमाडौं – सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।
पछिल्लो समय देखिएको विवादले पार्टीमा विभाजनसम्मको अवस्था आएपछि अध्यक्ष दाहाल प्रधानमन्त्रीसँग आपसी विवादका विषयमा छलफल गर्न बालुवाटार जानुभएको हो ।
अहिले बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।
प्रकाशित | २० कार्तिक २०७७, बिहीबार १३:४२