नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ६३८ जना थपिएका हुन । यो सँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।


प्रकाशित | २७ श्रावण २०७७, मंगलवार १६:३९