उपत्यकामा १ हजार ६३० सहित २ हजार ९३३ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौ उपत्यकामा १ हजार ६३० कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।


प्रकाशित | १७ कार्तिक २०७७, सोमबार १७:१८