हिमालयन ह्वाइटहाउस कलेज र एसीसीए विच सम्झौता

काठमाडौँ  -काठमाडौँको पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस इन्टस्नेशनल कलेज र एसीसीए नेपाल विच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहका विच कलेजका तर्फबाट प्रिन्सिपल तथा प्राध्यापक तोयानारायण पौडेल र एसीसीए नेपालका तर्फबाट एसीसीए नेपाल प्रमुख रविन कटवालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु र विभागीय प्रमुखहरु उपास्थित रहनुभएको उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल तथा प्राध्यापक तोयानारायण पौडेल र एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्बोधन गर्दै सम्झौता पत्रमा उल्लेखित बुँदाहरुलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो ।

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा सम्चालित नेपालकै एक प्रतिस्थित कलेज हो जस अन्तर्गत व्यवस्थापन संकायका बिभिन्न कार्यक्रमहरु संचालित छन् ।


प्रकाशित | २७ चैत्र २०७९, सोमबार २१:५२