जापान मनि एक्सप्रेसको शिनओकूबो शाखावाट कारोवार सुरु

टोकियो: जापानको शिनओकुवोमा जापान मनि एक्सप्रेस (जेएमई ) को नयाँ शाखा खुलेको छ । हामी बाटै पठाऔं हामी बाटै पाऔं भन्ने मूल नाराका साथ जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई ) ले जापानको शिनओकुबोमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।

जेएमईको समुद्घाटन कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, आइसीसी सदस्य डीपी कंडेल, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेकपा जापानका नेताद्वय हवलचन्द्र लामा, बाबुराम भण्डारी, जनसम्पर्क समितिका नेता रोशन केसी,  थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष तिलक मल्ल, जेएमईका अध्यक्ष ओम गुरुङले रिवन काटेर उदघाटन गर्नु भएको थियो ।

जापान सरकारको सम्बन्धीत निकायमा दर्ता भई नेपालमा पहिलो रेमिट कम्पनीका रुपमा दर्ता भएको जेएमइ कम्पनीले छैठौ शाखाको रुपमा विस्तार गरिएको हो ।

जापान मनि एक्सप्रेस (जेएमई ) का अध्यक्ष ओम गुरुङका अनुसार जेएमईले छोटो समयमा नेपाल लगायत संसारका विभिन्न देशमा राम्रो विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म संसारभरका विभिन्न देशमा पाँच वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जेएमईले छैठौ शाखाको रुपमा शिनओकुबोमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

शिनओकुबोमा विदेशीहरुको मुटु मानीन्छ । जेएमईले निकट भविष्यमा २० वटा देशमा सेवा विस्तार गर्ने उद्देश्य राखेको छ । जेएमईको अहिलेसम्म नेपाल, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, भियतनाम, श्रीलंकालगायत देशमा मनि एक्सप्रेसमार्फत सेवा प्रवाह हुँदै आएको छ ।

 


प्रकाशित | ३० मंसिर २०७६, सोमबार १२:०६