एनआरएनए जापानले बुद्ध जयन्तीको अवसरमा टोकियोमा शान्ती र्‍याली गर्ने

टोकियो :  गैर आवासीय नेपाली संघ जापानले बुद्ध जयन्तीको अवसरमा शान्ति र्‍याली आयोजना गर्ने भएको छ। सो अवसरमा २५६३ मिलिमीटर बुद्ध र बुद्दत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाउने गरि शान्ति र्‍याली गर्ने भएको हो ।

विगतका केहि वर्षहरुमा नेपाल जापान युथ क्लब र विई फ़र अल दुई सामाजिक सँस्थाहरुको आयोजनामा उक्त र्यालि हुँदै आएको थियो । केही जापानी नागरिकमा अझैपनि बुद्ध जन्मस्थलबारे भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग र नेपालको परिचय गराउन शान्ति र्‍यालीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्नु हुने छ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित अिप्रल अप्रील २१ तारिक आईतबारको लागी भेलाहुने पार्क हिबिया पार्क र त्यहॉ बाट गिन्जा र्याली जानेछ । र्याली हिबीया पार्कबाट दिउसो १३स्००बजे सुरुहुने गरी अनुमती पाएको संयोजक सरोज कुमार खत्रिले जानकारी दिनुभयो।

एनआरएनए जापान अध्यक्ष टासि वाङदी लामाले बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी हुन आग्रह गर्नुभयो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १०:१२